६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भन्सार काण्डले भाइरल बनेका कोरियाबाट फर्केका श्रमिकले २ नभई ल्याएका थिए ४ ओटा मोबाइल

भन्सार काण्डले भाइरल बनेका कोरियाबाट फर्केका श्रमिकले २ नभई ल्याएका थिए ४ ओटा मोबाइल
अ+ अ-

काठमाडौं । वैदेशिक रो‍जगारीको शिलशिलामा ६ वर्ष दक्षिण कोरियामा बिताएर नेपाल फर्किएका स्याङ्जाका छविलाल भण्डारी (दामु दाइ)ले दुईवटा नभई चार ‌ओटा फोन ल्याएको पाइएको छ ।

विमानस्थलमा दुई ओटा मोबाइल सेटका लागि ४४ हजार रुपैयाँ तिर्नुपरेको भन्दै आक्रोशसहित सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल बनेका उनी स्वयंले यो कुरा स्वीकार गरेका हुन् ।

एयरपोर्टबाट उनले आफ्नो लगेजमा भए‍को २५ प्रतिशत सामान समेत हराएको आरोप लगाएका थिए । “पटक पटक एयरपोर्ट गएर सीसीटिभी हेरिदिन आग्रह गर्दा राम्रो कुरा समेत नगरेको कुराले म जस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीलाई अत्यन्तै दुःखी बनाएको छ,” उनले फेसबुकमा लेखेका थिए ।

भन्सार कार्यालयकाअनुसार उनले ४ वटा फोन बोकेका थिए । उनले सहुलियतमा एउटा सामसङको नयाँ सिल नतोडिएको र अर्को एक पुरानो मोडलको आइफोन ल्याएको पाइएको छ । जसमध्ये सरकारले दिएका सुविधामा २ वटा फोन भन्सार छुट सुविधामा भण्डारीले पाएको र २ वटा फोनमा कानुन बमोजिम भन्सार लागेको कार्यालयले स्पष्ट पारेको छ ।

उनले फेसबुकमा पोस्ट गरेको फोटोमा एउटा प्रयोग भएको फोन (आईफोन १२) र अर्को नयाँ फोन (आईफोन १४) को रशिद रहेको थियो । जसका लागि भण्डारीले कूल ४४ हजार ७३४ रुपैयाँ भुक्तानी गरेको देखिन्थ्यो ।

उनले आइतबार अर्को एक पोस्ट राख्दै हराएको भनिएको सामान जापानबाट नेपाल फर्किएका व्यक्तिकोमा पुगेको उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद्‌को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले दुई थानसम्म मोबाइल फोन ल्याएमा कुनै पनि महसुल लाग्दैन ।