• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित



काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ ।

आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।