१९ माघ २०८१, शनिबार
,
Latest
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा एमालेसँगको ७ बुँदे सहमतिसँगै प्रदेशसभाको अवरोध हट्यो



अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशसभाको अवरोध हटेको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)बीच ७ बुँदे सहमति भएसँगै प्रदेशसभाको अवरोध हटेको हो ।

सभामुख नन्दा गुरुङको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले विभिन्न निर्णयमा सहमति जुटेपछि एमाले प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो ।

यसअघि एमालेले बजेट संशोधन लगायतका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो । बैठकले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँभन्दा कम रकमका योजनामा प्रमुख प्रतिपक्षसँग समन्वय गरी रकम विनियोजन गर्ने सहमति गरेको छ ।

यस्तै, सशर्त अनुदानको नाममा सङ्घीय सरकारबाट स–साना योजनाहरूमा रकम विनियोजन भएकोमा निश्चित मापदण्डको आधारमा मात्र सशर्त योजनाहरूमा रकम विनियोजन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने सहमति भएको छ ।

सत्तारुढ नेपाली (कांग्रेस), नेकपा (माओवादी केन्द्र), एकीकृत (समाजवादी) र प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुबीच सात बुँदे सहमतिपछि प्रदेश सभा सञ्चालन भएको छ । अर्थमन्त्री वेदराज सिंहले असार १ गते प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि मन्त्रालयगत छलफल जारी छ ।