१९ श्रावण २०८३, मंगलवार
,
Latest
मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फूटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।

‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक एनिसले टोलीमा खेलाडी छनोट गरेका हुन् ।

राष्ट्रि टोलीको बन्द प्रशिक्षण आगामी महिनादेखि शुरू हुनेछ ।

नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्नेछ । दुई लेगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र नेपाल दोस्रो चरणमा छनोट हुनेछ ।

नेपाली प्रारम्भिक टोलीः  

गोलकिपरः किरणकुमार लिम्बू, अनिष देउला, दीप कार्की, अभिषेक बराल।

डिफेन्डरः विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई ।

मिडफिल्डरः एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव रार्य, विशाल तामाङ, विवेक पौडेल, कृतिश रत्न छुन्जु ।

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन ।