२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फूटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।

‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक एनिसले टोलीमा खेलाडी छनोट गरेका हुन् ।

राष्ट्रि टोलीको बन्द प्रशिक्षण आगामी महिनादेखि शुरू हुनेछ ।

नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्नेछ । दुई लेगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र नेपाल दोस्रो चरणमा छनोट हुनेछ ।

नेपाली प्रारम्भिक टोलीः  

गोलकिपरः किरणकुमार लिम्बू, अनिष देउला, दीप कार्की, अभिषेक बराल।

डिफेन्डरः विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई ।

मिडफिल्डरः एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव रार्य, विशाल तामाङ, विवेक पौडेल, कृतिश रत्न छुन्जु ।

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन ।