२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टी सरकारमा जान सकारात्मक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आफ्नो शर्तप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारात्मक हुनुभएपछि जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको छ ।

आइतबार बिहान जनमतका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री प्रचण्डलाई भेटेर तीन शर्त राख्नुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा कुराकानी गर्नुभएको थियो ।

उहाँहरुबीच बजेट गरिएको असमानता हटाउने, मधेसमा बिना विभागीय मन्त्री बनाइएकालाई जिम्मेवारी दिने र केन्द्रको मन्त्रालयका विषयमा छलफल भएको थियो । ती मागप्रति प्रधानमन्त्री सकारात्मक भएसँगै जनमत पार्टीले सरकारमा जाने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रबाट मन्त्री भएकामध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने तयारीमा हुनुहुन्छ । सो बारे आइतबार अपराह्न ४ बजे सत्ता पक्षीय दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गर्न सक्ने बताइएको छ ।

गत पुस १० गते बनेको एमाले–माओवादी गठबन्धनमा जनमत पार्टीले खानेपानी मन्त्रालय पाएको थियो तर उक्त मन्त्रालयप्रति असन्तुष्टि राख्दै आएको जनमत पुरानो गठबन्धन ब्युँतिएपछि सरकारबाट बाहिरिएको थियो ।