६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विधेयकहरु अचानक संसदमा छलफलका लागि ल्याउनु सरकारको गम्भिर लापरबाही हो: प्रदीप यादव

विधेयकहरु अचानक संसदमा छलफलका लागि ल्याउनु सरकारको गम्भिर लापरबाही हो: प्रदीप यादव
अ+ अ-

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरु ल्याउने गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभाको दोसो बैठकमा बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उहाँले सरकारले गम्भिर प्रकृतिका विधेयकहरु छलफलमा ल्याउँदा आफूहरुलाई अध्ययन गर्ने समय समेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

प्रमुख सचेतक यादवले सांसदहरुलाई छलफल समेत गर्न नदिई कुनै पनि विधेयकमा संसदमा अचानक छलफलमा ल्याउन काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । गम्भिर प्रकृतिका विधेयक ल्याउनु अघि राजनीतिक दलहरुबीच सरकारले व्यापक रुपमा छलफल गराउनुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक यादवले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरका छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘निश्चित रुपमा यो सरकारको धेरै लापरबाही हो । अचानक यस्ता गम्भिर विधेयकहरु आउँछन । जसको चाँही हामी अध्ययन गर्न पनि पाउँदैनौं । विधेयकहरु पनि समयमा हातमा आउँदैनन् । र, अन्दाजको भरमा हामीले बोल्नु पर्छ । कहाँकहाँबाट हामीले विधेयकको पनि व्यवस्था गर्नु पर्छ । वास्तवमा यो आउनुपर्ने कुरा चाँही हो । तर यो व्यापक छलफल गरेर नै ल्याउनुपर्ने थियो । किनकी यसमा एकतर्फी रुपमा मात्रै गएर हुँदैन सभामुख महोदय ।’

प्रमुख सचेतक यादवले विधेयकहरुमाथि अन्दाजको भरमा सांसदहरुले बोल्नुपर्ने अवस्था आउन नदिनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।