काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् ।
उनले आर्यान्स शर्मालाई आउट पारे । शर्माले ४३ बलमा २८ रन जोडे ।
टस हारेर ब्याटिङमा उत्रिएको युएई ताजा अवस्थामा १५ ओभरमा २ विकेटको क्षतिमा ६४ रनको स्थितीमा छ ।