अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले प्रस्तुत गर्नु भएकाे आव २०७८/७९ बजेटका मुख्य हाइलाइट्स
– ज्येष्ठ नागरिकको भत्ता ३३ प्रतिशत वृद्धि गरी मासिक चार हजार
– महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि
– कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड
– कोरोनाको औषधि आयातमा छुट दिइने
– कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन
– सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन
– सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा
– निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
– विदेशी पर्यटकलाई एक महिनाको फ्री भिसा
– योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन
– मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट
– औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट
– पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने
– शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
– खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
– काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा
– स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब
– कृषि तथा पशुपन्छी मन्त्रालयको बजेट ३ अर्ब ६९ करोडले वृद्धि
– सबै प्रदेशमा भूमि बैंक, उपयोग नभएका जमिनलाई लिजमा दिइने
– पर्यटनको बजेट १ अर्ब ३५ करोडले बढ्यो, काठमाडौं आसपास हाइकिङ ट्रेल
– औद्योगिक क्षेत्रभित्र उद्योग खोल्नेलाई सहुलियत
– सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब बजेट, भेरी बबईलाई ३ अर्ब
– पुनर्कर्जाका लागि १३ अर्ब विनियोजन
– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
– शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
– बालविकास सहयोगी कार्यकर्ताको तलब १५ हजार पुग्यो
– पशुपतिनाथ मन्दिरलाई ३५ करोड बजेट
– खानेपानी तथा सरसफाइलाई ४३ अर्ब ५४ करोड, मेलम्चीमा अर्को परियोजना थपिने
– युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट
– मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
– साउनदेखि ४० माइक्रोनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध
– हुलाकी राजमार्गको बजेट ६ अर्ब ३९ करोड
– रेलमार्गका लागि १० अर्ब ३ करोड व्यवस्था











