२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीआरआईमा चीनको चासो छ: गृहमन्त्री श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आईतवार स्वदेश र्फकनुभएको हो । उहाँले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलन बोल्दै चीन भ्रमण फलदायी भएको बताउनु भयो । उहाँले भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास,व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्म छलफल भएको बताउनु भयो ।

उहाँले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताउनु भयो । उहाँले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताउनु भयो। उहाँले व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताउनु भयो । चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताउनु भयो ।

उहाँले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताउनु भयो । उहाँले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभांवित हुने विश्वास लिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताउनु भयो । उहाँले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौँ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न आग्रह गरेको बताउनु भयो । उहाँले भैरहवा भन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिंचाई प्रणालीको अवलोकन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो । नेपाल र चीन सिचुवान बीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास,व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरु सकारात्मक भएका छन् । चीनले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधिनताका लागि संधै सम्मान गर्दै आएको छ । नेपालको विकास प्रक्रियामा पनि संधै साझेदारको रुपमा सकारात्मक भूमिका खेल्दै आएको छ । नेपालमा संकट पर्दा चोह भुकम्प र कोभिड महामारीमा गरेको सहयोगको हार्दिक प्रकट गरेका छौं ।

नेपालले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढी रहेको अवस्थामा विगतमा गर्दै आएको आर्थिक सहयोगलाई थप वृद्धि गर्नको लागि विशेष अनुरोध गरेका छौं । चीनको उप्रधानमन्त्रीले सिचुवान पार्टी प्रमुखले पनि सकारात्मक रुपले सोचिने विश्वास दिलाउनु भएको छ । व्यापार पर्यटनको क्षेत्रमा प्रवद्र्धन गर्नको निम्ति अनुरोध गरेका छौं । साथै विआरआईको सन्दर्भमा पनि नेपाल सरकारले २०७० मा सम्झौता गरौं । त्यसको कार्यान्वयनका लागि दुई पक्ष विचमा छलफल भइरहेको छ । अन्तिम रुप दिइसकेपछि विआरआई प्रोजेक्टको मोडालिटिको बारेमा टुङ्गो लगाउने छौं । यो प्रोजेक्टबाट पनि हामी लाभान्वित हुने अपेक्षा गरेका छौं । बीआरआईबाट कस्तो खालको लाभ लिनसक्ने गरी तयारी गर्नु भएको छ भनेर सोध्नु भएको थियो । त्यो विषयमा नेपाल सरकारको नीतिको बारेमा स्पष्ट पारेका छौं । सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ । छेन्दु काठमाडौंको उडानलाई हप्ताको सातै दिन नियमित उडान गर्न अनुरोध गरेका छौं । उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । छेन्दु पोखरा–भैरहवा कमर्सियल उडानको निम्ति अगाडि बढ्न अनुरोध गरौं । त्यसमा पोखरामा बढी सोचेको प्रतिक्रिया दिनुभएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा जानुभएको थियो ।