२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन– डा बाबुराम भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा ट्विटरमा उहाँले आज एक ट्विट गर्दै उहाँले ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारवाही होस् भन्ने कुरा आफूले संसद्मा र बाहिर पनि निरन्तर उठाउँदै आएको स्पष्ट गर्नुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणको पुछारमा आफ्नो प्रधानमन्त्रित्वकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको भन्दै आफ्नो करिब १९ महिने प्रधानमन्त्रित्व कालमा प्रकृयागत ढंगले सयौँ निर्णय भएका र तीबारे प्रधानमन्त्रीले सबै सम्झनसक्ने कुरो नहुने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियमअनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ, यो कुरा मैले अख्तियारको टोलीले केही वर्षपहिले लिएको वयानमा पनि भनेको छु।”

उहाँले भन्नुभएको छ, “बरु यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्, अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!