३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन– डा बाबुराम भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा ट्विटरमा उहाँले आज एक ट्विट गर्दै उहाँले ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारवाही होस् भन्ने कुरा आफूले संसद्मा र बाहिर पनि निरन्तर उठाउँदै आएको स्पष्ट गर्नुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणको पुछारमा आफ्नो प्रधानमन्त्रित्वकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको भन्दै आफ्नो करिब १९ महिने प्रधानमन्त्रित्व कालमा प्रकृयागत ढंगले सयौँ निर्णय भएका र तीबारे प्रधानमन्त्रीले सबै सम्झनसक्ने कुरो नहुने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियमअनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ, यो कुरा मैले अख्तियारको टोलीले केही वर्षपहिले लिएको वयानमा पनि भनेको छु।”

उहाँले भन्नुभएको छ, “बरु यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्, अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!