• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छ: अध्यक्ष नेपाल



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।

आईतवार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ । तर अर्को महत्वपूर्ण काम बाँकी छ । त्यो महत्वपूर्ण काम भनेको जनताको जीवनमा आमुल परिवर्तन गर्ने हो । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसावले समानताको हिसावले, अवसरको हिसावले र शिर ठाडो पारेर हिँड्नसक्ने हिसावले समर्थ तुल्याउने यि सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने ‘छ । त्यही कम्युनिष्ट पार्टीका नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाई गर्दै हुनुहुन्छ ।

‘उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो ? यसबारेमा अझै गम्भीर चिन्तनमनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्नसक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरु, जनताका वेदना र दु:खलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ । हामी लागेका छौँ । सबैका ज्ञान, अनुभव, सबैका बुद्धिलाई लिएर हामी अघि बढ्ने हो भने, इमान्दारिताकासाथ अघि बढ्ने हो भने र हाम्रा अग्रज योद्धाहरुले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नुभएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ ।’

अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताउनु भयो ।