४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री एयरलाइन्सका सबै उडान स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं । श्री एयरलाइन्सले आज निर्धारित सबै उडान स्थगित गरेको छ । शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

‘क्यानडामा निर्मित ड्यास८ क्यू ४०० विमान प्राविधिक रुपले अति सुरक्षित विमान मानिन्छ । यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन यस एयरलाइन्सको प्राथमिकता भएकाले यस्ता प्राविधिक समस्या नदोहोरियोस भन्ने उद्देश्यले आइतबारका दिन सबै उडान स्थगित गरी विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको र सोमबारदेखि भनेल सम्पूर्ण उडान यथावत सञ्चालन गरिनेछ’, उहाँले भन्नुभयो ।

उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ । हिजोको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको हो । सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने उहाँको भनाइ छ ।