२७ फाल्गुन २०८१, मंगलवार
March 11, 2025 Tuesday
Latest
दुई करोडमा बन्यो विद्यालय भवन ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट पूर्वराजाको उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन्ः एमाले तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन    मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको निधन कालीगण्डकी करिडोरको बागलुङ खण्डमा दश किलोमिटर कालोपत्र सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छः राष्ट्रपति पौडेल सरकारको व्यवहारले संवैधानिक आयोगहरु अनावश्यक रहेको देखाउँछः डा रामकृष्ण तिमिल्सिना स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोल्यो, माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप बाहिर



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिजले २०२३ को एकदिवसीय विश्वकप गुमाउने भएको छ । सुपर सिक्स अन्तर्गत स्कटल्यान्डसँग शनिबार भएको खेलमा पराजित भएसँगै दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिज पहिलो पटक विश्वकप गुमाउन पुगेको हो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिममात्र छनोट हुने भएकाले वेस्ट इन्डिज शनिबारको खेलमा पराजित भएसँगै छनोट चरणबाटै बाहिरिएको हो । वेस्ट इन्डिजले टी–२० विश्वकपको समेत दुइपटकको विजेता हो ।

वेस्ट इन्डिजले सुरुवाती दुई विश्वकप जितेको थियो । उसले १९७५ र १९७९ को विश्वकप जितेको हो । साथै १९८३ मा उपविजेता समेत बनेको थियो ।

वेस्ट इन्डिज एकदिवसीय सुपर लिगमा नवौं स्थानमा रहेपछि एकदिवसीय विश्वकप छनोटमा धकेलिएको थियो । एकदिवसीय सुपर लिगमा शीर्ष ८ टिमले सोझै विश्वकपमा स्थान बनाउने गरेका छन् । १० टिमबिच एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुने गरेको छ ।

जित्नै पर्ने दबाब रहेको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३.५ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिन पुग्यो । उसका लागि ज्यासन होल्डरले ४५ रन, रोमारियो सेफर्डले ३६ रन बनाउँदा निकोलस पुरनले २१ रन बनाए । त्यस्तै, साइ होपले १३ रन बनाएका थिए ।

स्कटल्यान्डले ३९ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका लागि म्याथ्यु क्रसले सर्वाधिक ७४ रन बनाउँदै अविजित रहँदा ब्रान्डन म्यामुलेनले ६९ रन बनाए ।