६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप बाहिर

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप बाहिर
अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिजले २०२३ को एकदिवसीय विश्वकप गुमाउने भएको छ । सुपर सिक्स अन्तर्गत स्कटल्यान्डसँग शनिबार भएको खेलमा पराजित भएसँगै दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिज पहिलो पटक विश्वकप गुमाउन पुगेको हो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिममात्र छनोट हुने भएकाले वेस्ट इन्डिज शनिबारको खेलमा पराजित भएसँगै छनोट चरणबाटै बाहिरिएको हो । वेस्ट इन्डिजले टी–२० विश्वकपको समेत दुइपटकको विजेता हो ।

वेस्ट इन्डिजले सुरुवाती दुई विश्वकप जितेको थियो । उसले १९७५ र १९७९ को विश्वकप जितेको हो । साथै १९८३ मा उपविजेता समेत बनेको थियो ।

वेस्ट इन्डिज एकदिवसीय सुपर लिगमा नवौं स्थानमा रहेपछि एकदिवसीय विश्वकप छनोटमा धकेलिएको थियो । एकदिवसीय सुपर लिगमा शीर्ष ८ टिमले सोझै विश्वकपमा स्थान बनाउने गरेका छन् । १० टिमबिच एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुने गरेको छ ।

जित्नै पर्ने दबाब रहेको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३.५ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिन पुग्यो । उसका लागि ज्यासन होल्डरले ४५ रन, रोमारियो सेफर्डले ३६ रन बनाउँदा निकोलस पुरनले २१ रन बनाए । त्यस्तै, साइ होपले १३ रन बनाएका थिए ।

स्कटल्यान्डले ३९ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका लागि म्याथ्यु क्रसले सर्वाधिक ७४ रन बनाउँदै अविजित रहँदा ब्रान्डन म्यामुलेनले ६९ रन बनाए ।