१ आश्विन २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारलाई निशुल्क उपचार, कोरोना पीडितलाई लेखनबृत्ति



अ+ अ-

काठमाडौं । नेपाल सरकारले पत्रकारको उपचारका लागि निशुल्क व्यवस्था गरेको छ । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर सो कार्य गरिने अर्थमन्त्री विष्णु पौडेलले आज प्रस्तुत बजेट वक्तव्यमा बताए । 

अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०७८, ७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

सो बजेटमा सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरिएको छ । 

यसका अतिरिक्त मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्तिको सुविधा दिने पनि बताएका छन् । 

सूचना विभागको पास बाहक पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार सेवा दिइने सो बजेट वक्तव्यमा उल्लेख गरिएको छ । तर केकति सम्मको सुविधा दिइने हो र लेखनबृत्ति पनि के कति मात्रामा दिइने हो भन्ने बारेमा भने केही खुलाइएको छैन । त्यस्तै श्रमजीवी पत्रकारको सात लाख रुपैयाँको बीमा गरिदिने पनि सो बेजेटमा उल्लेख छ ।