२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौँ । कुवेत भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा भएको खेलमा बंगलादेशलाई १–० गोलले पराजित गर्दै कुवेत फाइनलमा पुगेको हो ।

कुवेतलाई फाइनलमा पुर्याउन एकमात्र निर्णायक गोल अब्दुल्लाह बोलुसीले गरे । उनले खेलको १०५+२ मिनेटमा गोल गरेका हुन् ।

निर्धारित ९० मिनेटसम्म दुबै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिन पुगेको थियो । अब कुवेतले उपाधिका लागि आज राति हुने भारत र लेवनानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।