४ पुष २०८२, शुक्रबार
,
Latest
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छः सभामुख घिमिरे



file
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रको महत्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा न सैद्धान्तिक रुपबाट न दार्शनिक, न व्यवहारिक न अहिलेको हाम्रो अवस्थाको रुपबाट जरुरी छैन । तर यसमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्वपूर्ण छ । संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरुको भुमिकालाई सही दिशा निर्देश गर्नेकुरामा यहाँहरुको भुमिका रहनेछ ।’

सभामुख घिमिरेले सभामुखको भुमिका प्रभावकारी बनाउन र संसदलार्य प्रभावकारी रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्वपूर्ण भुमिका खेल्नेकुरामा बढी ध्यान दिने बताउनु भयो ।