२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ: सभामुख घिमिरे



file
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले सांसदहरुलाई सरकारलाई संसदप्रति जवाफदेही बनाउने काममा भुमिका खेल्न आग्रह पनि गर्नुभयो । उहाँले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको जनगणना अनुसार त ५० प्रतिशतभन्दा बढी महिलाहरुको जनसंख्या भएको जनसंख्यालाई भएको क्षेत्रलाई नै पछाडी परेको स्थितिबाट राजनीतिमा जिम्मेवारीमा ल्याउने कुराहरुमा संसदले खेल्ने भुमिकाहरु के हुन् ? बनेका कानूनहरुलाई कार्यान्वयमा खासगरी सरकारमार्फत कार्यान्वयनमा भइरहेका अप्ठ्यारा के हुन् तिनीहरुलाई कार्यान्वयन गराउन संसदहरुले खेल्ने भुमिका, यसका विषयगत समितिहरुमार्फत अथवा संसदीय सुनुवाईमार्फत संवैधानिक प्रमुखहरु, त्यो संस्थाले गरेको कामलाई, ति संवैधानिक निकायहरुमार्फत आएका प्रतिवेदनहरु र तिनीहरुलाई सरकारबाट कार्यान्वयन गर्न खेलेको भुमिकालाई अनुगमन गर्ने, त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने, कार्यान्वयन गर्नका लागि सरकारलाई बाध्य बनाउने, संसदप्रति जवाफदेही सरकार बनाउनको लागि हामीले हाम्रो दैनिक कार्यसूचिदेखि लिएर तय गरेका विषयमा हाम्रो सहभागिता कसरी प्रभावकारी पार्न सकिन्छ ? सरकार संसदप्रति उत्तरदायी बनाउनका लागि प्रतिपक्षले संसदमा भनिरहँदाखेरी सरकारप्रति जवाफदेहीपूर्ण व्यवहार गर्नका लागि हामीले कस्तो तरिका अपनाउनुपर्छ ? हाम्रा परिपाटीहरु के छन् ? हामीले तय गरेका विद्यमान ऐन, कानूनहरुले कत्तिको पर्याप्तता राख्छन् ? र त्यसलाई कार्यान्वयन गर्नका लागि बनाइएका विधिहरु, नियमावलीहरु, निर्देशिकाहरुले कति कामहरु गरेका छन् ? यसको यो बेलामा समिक्षा हुनु जरुरी छ ।’

सभामुख घिमिरेले सांसदहरुको निति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताउनु भयो । सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने बताउनु भयो ।