७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको बजेट ‘राणाकालिन समयको जस्तो’ भयो: सांसद देवकोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालिन समयको जस्तो’ भएको टिप्पणी गर्नु भएको छ ।

प्रदेशका मुख्यमन्त्रीहरुले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रुपमा चित्रण गरेको उहाँको जिकीर थियो । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै सांसद देवकोटाले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भएपनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरित काम गरेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले साविकको गाविसले समेत २ लाख भन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्याएर सरकारले २ लाख भन्दा कमको आयोजनाहरुसहितको बजेट ल्याउनु आपत्तिजनक रहेको बताउनु भयो । सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखि भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताउनु भयो । सांसद देवकाटाले भन्नु भयो, ‘संघीयतामा आएपछिको पहिलो बजेटबारे प्रदेशका मुख्यमन्त्रीहरुले के जवाफ दिनु भएको थियोभने यो बजेट पञ्चायतकालीन जस्तो छ । त्यो बेला त्यसो भन्ने मुख्यमन्त्रीहरुलाई अहिले मैले सो बजेट कस्तो छ ? राणकालीन जस्तो भनेर उत्तर दिनु भयो मलाई । मैले संघीयताको सन्दर्भमा खेलेको, बोलेको २० वर्ष भयो । यस अनुभवमा यस्तो खालको बजेट मैले कहिल्यै पनि देखेको छैन । सम्माननीय अध्यक्ष महोदय ।

कामलाई चाँही दामले पछ्याउनु पर्छ । काम लाइ चाँही वित्तिय स्रोत, साधनले पछ्याउनु पर्छ । कामलाई चाँही कर्मचारीले पछ्याउनु पर्छ । कामलाई कानुन लगायतले पछ्याउनु पर्छ भन्ने एउटा फन्डामेन्टलको बारेमा पनि मैले यो संसदमा पटकपटक भनेको छु । तर, नेपाल सरकारको विभिन्न अध्ययन प्रतिवेदन हेर्दाखेरी पनि ६० प्रतिभन्दा बढि कामको लोडचाँही प्रदेश र स्थानीय तहमा गएको छ । तर यो बजेट हेर्दाखेरी सम्माननीय अध्यक्ष महोदय करिव करिव २३ प्रतिशत मात्रै तल अनुदान, वित्तिय हस्तान्तणलगायत जम्मा २३ प्रतिशत मात्रै गएको छ । भनेपछि सशर्त अनुदानको त कुरै नगरौं । टोटल प्रतिशतमा ६० प्रतिशत त सशर्त अनुदान छ । अर्को प्रदेशगत र पालिकागत रुपमा पनि सन्तुलन छैन । बजेटमा एउटा सामान्य प्रिन्सिपल के हो भने यो भर्टिकल र होरिजेन्टल सन्तुलन हुनु पर्छ भन्ने हो ।

प्रतिनिधिसभामा यसमा बहुत बहस पनि भयो । न यसले भर्टिकल ब्यालेन्स गरेको छ । न होरिजेन्टल । र, यसमा कुनै नेताको निर्वाचन क्षेत्रमा मात्रै, कुनै मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बजेट जानुको अर्थ के हो ? भनेपछि हामीले यसैका लागि संघीयता ल्याएको हो सम्माननीय सभामुख महोदय । हामीले यसैका लागि गणतन्त्र लिएर आएको हो ? आफ्नै निर्वाचनमा क्षेत्रमा बजेट लैजानका लागि त्यो लिएर आएको हो ? त्यतिमात्रै होइन, यहाँ २ लाख, ५ लाखका यति योजना छन कि म एउटा उद्धाहरण भन्न चाहन्छु । साविकको गाविसको भन्दा स्तर तल झरेर हामीले त्यो बेला स्थानीय तह खर्च व्यवस्थापन भनेर कार्यविधि बनाएको थियौं सम्माननीय सभामुख महोदय । यो २०६९ सालमा बनाएको हो । त्यो कार्यविधिमा गाविसले समेत २ लाखको भन्दा तल योजना नगर, नगरपालिकाले ५ लाख भन्दा तल नगर त्यो बेलामा यो कार्यविधिमा लेखिएको छ । अहिलेका नेपाल सरकारका मन्त्रालयहरुले २ लाख भन्दा साना योजना राखेपछि यसको जवाफदेहिता यी मन्त्रीहरुमा हुनपर्छ कि पर्दैन ? अर्थमन्त्रीमा हुुन पर्छ कि पर्दैन ? जस्तो भौतिक पूर्वाधार मन्त्रालमा ’

सांसद देवकोटाले के सत्तारुढ दलका नेता र मन्त्रीहरुको निर्वाचन क्षेत्रका लागि बजेट छुट्टयाउन संघीयता र गणतन्त्र ल्याइएको हो ? भनि प्रश्न समेत गर्नु भयो ।