• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

घरमा हुने यी चीजहरू सधैं भरेर राख्नुपर्छ



एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा यस्ता धेरै चीजहरू छन्, जसलाई खाली राख्नाले वास्तु दोष हुन सक्छ ।

यदि पर्स कहिल्यै खाली नहोस् भन्ने चाहनुहुन्छ भने त्यसमा केही न केही राख्नुपर्छ, वास्तुका अनुसार खाली राखेमा देवी लक्ष्मीको रिस उठ्न सक्छ । जहाँ अन्न राख्नुहुन्छ, त्यो भाँडा कहिल्यै खाली हुनु हुँदैन । यसो गर्दा अन्नपूर्ण माता क्रोधित हुन सक्छिन् । त्यसैले आफ्नो अन्नको भण्डार सधै भरी राख्नुहोस् ।

तपाईंले आफ्नो दराज पनि खाली राख्नु हुँदैन । यसो गर्नाले देवी लक्ष्मी क्रोधित भई घर छोड्न सक्छिन् । यसको सट्टा रातो कपडामा कौडी, गोमती चक्र वा बेसार आदि बेर्न सक्नुहुन्छ ।

पूजाको पानीको भाँडो कहिल्यै खाली राख्नु हुँदैन । यसो गर्नु शुभ मानिदैन । भगवानको कृपा पाउनको लागि पानीको भाँडो सधै भरी राख्नुहोस् । गंगाजल र तुलसीको पात सधैं पूजाको पानीको भाँडामा राख्नुपर्छ । यो उपाय गर्नाले भगवानको कृपा सधैं रहन्छ र घरमा सुख–समृद्धि आउँछ ।

वास्तुशास्त्रको नियम अनुसार बाथरुममा बाल्टी कहिल्यै खाली राख्नु हुँदैन । त्यसैले यसमा सधैं पानी भरेर राख्नुहोस् । खाली बाल्टी राख्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्छ । यसका साथै घरमा भाँचिएको बाल्टिन राख्नाले आर्थिक संकट पनि आउन सक्छ ।