१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा हुने यी चीजहरू सधैं भरेर राख्नुपर्छ



अ+ अ-

एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा यस्ता धेरै चीजहरू छन्, जसलाई खाली राख्नाले वास्तु दोष हुन सक्छ ।

यदि पर्स कहिल्यै खाली नहोस् भन्ने चाहनुहुन्छ भने त्यसमा केही न केही राख्नुपर्छ, वास्तुका अनुसार खाली राखेमा देवी लक्ष्मीको रिस उठ्न सक्छ । जहाँ अन्न राख्नुहुन्छ, त्यो भाँडा कहिल्यै खाली हुनु हुँदैन । यसो गर्दा अन्नपूर्ण माता क्रोधित हुन सक्छिन् । त्यसैले आफ्नो अन्नको भण्डार सधै भरी राख्नुहोस् ।

तपाईंले आफ्नो दराज पनि खाली राख्नु हुँदैन । यसो गर्नाले देवी लक्ष्मी क्रोधित भई घर छोड्न सक्छिन् । यसको सट्टा रातो कपडामा कौडी, गोमती चक्र वा बेसार आदि बेर्न सक्नुहुन्छ ।

पूजाको पानीको भाँडो कहिल्यै खाली राख्नु हुँदैन । यसो गर्नु शुभ मानिदैन । भगवानको कृपा पाउनको लागि पानीको भाँडो सधै भरी राख्नुहोस् । गंगाजल र तुलसीको पात सधैं पूजाको पानीको भाँडामा राख्नुपर्छ । यो उपाय गर्नाले भगवानको कृपा सधैं रहन्छ र घरमा सुख–समृद्धि आउँछ ।

वास्तुशास्त्रको नियम अनुसार बाथरुममा बाल्टी कहिल्यै खाली राख्नु हुँदैन । त्यसैले यसमा सधैं पानी भरेर राख्नुहोस् । खाली बाल्टी राख्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्छ । यसका साथै घरमा भाँचिएको बाल्टिन राख्नाले आर्थिक संकट पनि आउन सक्छ ।