६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महानगरबासीलाई वडा कार्यालय पुग्नै सास्ती

महानगरबासीलाई वडा कार्यालय पुग्नै सास्ती
अ+ अ-

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो ठाउँ आधारभूत सेवा सुविधाका दृष्टिले भने निकै विकट छ भन्दा फरक पर्दैन ।

कमजोर सडक संरचना र पहुँचमा जटिलताका कारण स्थानीयले महानगरबाट पाउने सामान्य सुविधा लिन कष्ट पाउने गरेका छन् । यहाँका स्थानीयलाई आफ्नै वडा कार्यालय पुग्न पनि साहस जुटाउनुपर्ने अवस्था छ । कारण, १३ किलोमिटर टाढाको वडा कार्यालयमा पुग्नै कम्तीमा २ घण्टा पैदल र कम्तीमा दुई पटक सार्वजनिक बस चढ्नुपर्छ ।

यहाँबाट वडा कार्यालयसम्म पुग्न ट्याक्सी सुविधा त छ तर त्यहाँसम्म जान र फर्कन मात्रै कम्तीमा रु ६ हजार खर्च हुन्छ । आर्थिक अवस्था कमजोर हुनेका लागि वडा कार्यालयमा नि:शुल्क हुने कामका लागि पनि निकै महङ्गो पर्ने गरेको छ ।

जसबाट आर्थिक अवस्था कमजोर भएका अरुण र डिलमाया गुरुङ जस्तालाई वडा कार्यालयमा पुगेर सेवा लिन पनि बजेट जोहो गर्नुपर्ने अवस्था छ । यो दम्पतीका पाँच छोरी र एक छोरा गरी छ सन्तान छन् । जसमध्ये एक छोरीबाहेक सबै न्यून दृष्टियुक्त छन् ।

सरकारले यस्ता व्यक्तिलाई भत्ता दिन्छ भन्ने उहाँहरुलाई थाहा छ । तर त्यसका लागि सरकारी कार्यालयमा जन्म दर्ता गराउनुपर्छ । त्यसका लागि वडा कार्यालय पुग्नुपर्छ ।

आर्थिक अवस्था कमजोर भए पनि सरकारले दिने भत्ताका लागि उहाँले छिमेकी वडा नं १३ का चन्द्रबहादुर गुरुङको आर्थिक सहयोगमा जन्मदर्ता गराउन वडा कार्यालय पुग्दा ट्याक्सी भाडामा मात्रै रु छ हजार खर्च भयो । त्यति मात्रै होइन, दुई दिनको समय पनि बित्यो ।

“राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्तालगायत अन्य सेवा सुविधा र पठनपाठनलाई निरन्तरता दिनका लागि आवश्यक जन्मदर्ताको प्रमाणपत्र लिन आप्mनो निजी खर्चमा सहयोग गरेको हुँ”, चन्द्रबहादुर गुरुङले भन्नुभयो । बुबा अरुणको आँखामा भएको कमजोरीका कारण सन्तान पनि न्यून दृष्टियुक्त जन्मिएको उहाँको भनाइ छ ।

मुलुकमा गणतन्त्र र सङ्घीयता कार्यान्वयनमा आएपछि काठमाडौँको सिंहदरबार गाउँमा आउँछ भने पनि पोखरा महानगरका यहाँका स्थानीयले भने महसुस गर्न नसकेको गुरुङको भनाइ छ ।

यहाँबाट वडा कार्यालय पुग्न लामाखेत, वयरघारी, कसेरी, ढाव हँुदै डेढ घण्टाको पैदल यात्राबाट काहुखोला पुग्नुपर्छ । त्यहाँबाट बस चढेर महेन्द्रपुल र अर्को बसबाट बगर हुँदै कालीखोलाको झोलुङ्गे पुल पार गर्दै आधा घण्टाको पैदलयात्रा तय गरेपछि बल्ल भलाम खोरस्थित वडा कार्यालयमा पुगिने स्थानीय प्रतीक्षा गुरुङले रासससँग दु:खेसो सुनाउनुभयो ।

उहाँका अनुसार आफ्न वडा कार्यालयमा केही काम परे महानगरका अन्य छवटा वडा छिचोल्दै पुग्नुपर्छ । यहाँबट फूलबारी ब्यारेक हुँदै जानका लागि पक्की बाटो निर्माण भए पनि सार्वजनिक यातायातको सुविधा नभएकाले महङ्गो शुल्क तिरेर ट्याक्सी रिजर्भ गर्नुको विकल्प छैन ।

यहाँका माछाखेत, लामडाँडा, डाँडागाउँ, देउराली, मोहोरीया आँटीघर मौजा हुँदै भलाम र्‍यालेचौर सडकको ट्र्याक खुलेको छ तर स्तरोन्नति नहुँदा स्थानीय बासिन्दाले दु:ख झेल्न बाध्य भएको लामडाँडाका भीम गुरुङको भनाइ छ ।

उहाँका अनुसार हाल प्रतिनिधिसभा सदस्य विद्या भट्टराईमार्पmत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रु ३८ लाख, निवर्तमान प्रदेश सभासदस्य मीना गुरुङ सांसद विकास कोषबाट रु २५ लाख र वडास्तरीय रु २० लाखको लागतमा नालासहितको ढलान बाटो निर्माण भइरहेको छ भने महानगरको आर्थिक सहयोग दुई वर्षअघि स्यानीखोलामा मोटरेबल पुल निर्माण भइसकेको छ । तर सार्वजनिक यातायात भने चल्न सकेको छैन ।

वयरघारीस्थित विजयपुर खोलामा पक्की पुल निर्माणसँगै उक्त लगभग १३ किलोमिटरको यो बाटो निर्माण सम्पन्न गर्दै यातायाताका साधन सञ्चालन गर्ने हो भने सेवाग्राहीलाई एक घण्टामा वडा कार्यालय पुग्न सकिने स्थानीयवासी बताउँछन् ।

पोखराको पूर्वी भेगस्थित मादीगाउँपालिका–५ र पश्चिममा पोखरा–१३ माछाखेतको बीच भागमा पर्ने लामाखेत र उक्त क्षेत्रभन्दा माथिल्लो भागमा पर्ने लामडाँडाका बासिन्दालाई यातायातको सुविधा पुर्‍याउन तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा पोखरा–२० का वडाअध्यक्ष गङ्गाबहादुर केसीले बताउनुभयो ।

यातायातको सुविधा नपुगेसम्म त्यस्ता विकट स्थानमा हप्ताको दुई दिन घुम्ती शिविरमार्पmत वडा कार्यालयबाट पाउने सेवासुविधा उपलब्ध गराउनुपर्नेमा स्थानीय बासिन्दाको सामूहिक माग गर्दै आएका छन् । रासस