६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मोरङमा वृक्ष रोपण

मोरङमा वृक्ष रोपण
अ+ अ-

विराटनगर । ‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ नाराका साथ देशभरी राष्ट्रिय वृक्षारोपण दिवस– २०८० बिहीबार उत्साहका साथ मनाएको छ ।

मोरङको लेटाङ नगरपालिकामा रहेको जनचाहना सामुदायिक वन उपभोक्ता समूहमा भव्य कार्यक्रम गरी यो दिवस मनाएको हो । सामुदायिक वन समूहको अध्यक्ष श्री खगेन्द्र नेपालको अध्यक्षमा, लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय, मोरङकाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेको विशेष आतिथ्यतामा वृक्षारोपण कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्यक्रमको अवसरमा लेटाङ नगर प्रमुख लावतीले नगरलाई हरियाली बनाउने, सरसफाई राख्ने कुरालाई विशेष ध्यान दिने तथा प्राकृतिक श्रोत साधनलाई उचित ढङ्गले प्रयोग गर्ने कुरा बताउनु भयो ।

त्यस्तै गरी डिभिजन वन अधिकृत घिमिरेले आज यसवृक्षरोपण दिवसको अवसरमा यस सामुदायिक वनको आलावा अन्य छ वटा सामुदायिक वन, एक साझेदारी वन तथा धेरै निजी वन धनीहरुले वृक्षरोपण गरिरहेको जानकारी दिनुभयो । यसका लागि डिभिजन वन कार्यालय नर्सरी, सव डिभिजन वन कार्यालय १० वटा लगायत यस कार्यालयको अनुदानमा विभित्र छ वटा निजी नर्सरीबाट उत्पादन भएको बिरुवा नि:शुल्क वितरण भएको उहाँले जानकारी दिनुभयो । हरियाली प्रवद्र्धन र वृक्षरोपण कार्यमा स्थानीय तहहरुबाट समेत सहयोग भइरहेको र भविष्यमा थप साथ सहयोग पाउने आशा राख्दै वृक्षारोपण कार्य पुण्यको काम भएकोले यसमा सबै जना बिरुवा रोपणमा सहभागी हुन डिभिजनल वन अधिकृत घिमिरेले आह्वान गर्नु भयो ।

त्यस्तै गरी सामुदायिक वन उपभोक्ता महासंघ, प्रदेश समितिका सदस्य अग्नी पौडेले सामुदायिक वन उपभोक्ता समूह, डिभिजनल वन कार्यालयका र स्थानीय तहसँगको समन्वय र सहकार्य गरी वन संरक्षण, वन विकास, उपभोक्ता समूहको सुशासनको कार्यहरु अगाडी बढाउनु पर्ने बताउनुभयो ।

उक्त वृक्षारोपण कार्यक्रममा २५० जना भन्दा बढी सरोकारवालहरु सहभागिता रहेको थियो । मोरङ जिल्लामा यस अवसरमा विभित्र सात वटा सामुदायिक वन, एक वटा साझेदारी वन तथा निजी नम्बरी जग्गामा गरी ११ हेक्टर भन्दा बढी क्षेत्रमा सात हजार ३२२ भन्दा बढी विरुवा रोपण भएको डिभिजन वन कार्यालय, मोरङका वन अधिकृत रामलखन ठाकुरले जानकारी दिनुभयो । रासस