६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुन पूर्वराष्ट्रपतिको सुझाब

आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुन पूर्वराष्ट्रपतिको सुझाब
अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार शुभकामना दिँदै उहाँले यस वर्ष हामीले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने सार्थक सङ्कल्प सहित यो दिवस मनाउँदै गरेको बताउनुभएको छ ।

“असार महिनालाई किसानहरूका लागि ‘मानो रोपेर मुरी फलाउने’ बेलाको रूपमा लिइन्छ । अनि धान रोप्ने र धानबाट बनेको परिकार दही–च्यूरा खाने दिनको रूपमा रहेको असार १५ गतेको दिनलाई हामीले २०६१ सालदेखि ‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’को रूपमा मनाउँदै आएका छौँ”, पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ ।

धानको सम्बन्ध हाम्रो अर्थतन्त्र, समाज र संस्कृतिसँग अभिन्न रूपमा जोडिएको भन्दै उहाँले जन्मदेखि मरणसम्म अपरिहार्य रहेको धानलगायत कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन नसक्नु हाम्रो लागि दुःखद् यथार्थ हो भन्नुभएको छ ।

“धान लगायत खाद्यान्नको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नका लागि जलवायु परिवर्तनका कारण उत्पन्न प्रतिकूलतालाई धान्न सक्ने वातावरणअनुकूल उन्नत कृषि प्रविधिको प्रयोगमा जोड दिनु पर्दछ”, उहाँले भन्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले धानलगायत खाद्य उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुन राष्ट्रिय धान दिवसले सम्पूर्ण कृषक र सम्बद्ध पक्षलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।