• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

मल वितरणमा बदमासी भयो, कारबाही गर्छौं: कृषिमन्त्री भुसाल



काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसाल धान रोपाईंमा सहभागी हुनु भएको छ ।

शुक्रवार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाईं महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोप्नुभएको हो । उहाँले रोपाईं महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोप्नुभयो ।

उहाँले रोपाईंमा सहभागी हुनु भन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताउनु भयो। उहाँले जमिन बाँझो हुनुमा मानिसहरुको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृतिको विकास, युवाहरु विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पुर्‍याउन नसक्नु प्रमुख कारण भएको बताउनु भयो। उहाँले नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाति गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्नसक्ने दाबी गर्नुभयो। उहाँले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भएपनि बजेट विनियोजन गरेको बताउनु भयो ।

उहाँले बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको आरोप लगाउनु भयो । उहाँले योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाएकाले कृषि मन्त्रालयको सिलिङमा बजेट कटौती भएको बताउनु भयो । उहाँले कार्यक्रममा सहभागि योजना आयोगका सदस्यलाई योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनी दिनुभयो । उहाँले अहिले मलको अभाव नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘१० लाख ३० हजार हेक्टर जमिन केही वर्ष अघि खेती भएको अहिले बाँझो छ । जमिन बाँझो पर्नुका विभिन्न कारणहरु छन् । पहिलो भनेको मानिसहरुको जीवन शैलीमा आएको परिवर्तन हो । मानिसहरुको जीवन शैली गाउँले परिवेसबाट शहरीया परिवेशमा परिवर्तन हुने अवस्था आएको छ । पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृति विकास हुनु जमिन बाँझो रहनुको मुख्य कारण हो । युवाहरु वैदेशीक रोजगारीमा जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पुर्‍याउन नसक्नु तथा जङ्गली जनावरहरुको कारण हो । अब फेरि हामीले बाँझो जमिनमा खेतीपाति गर्न थाल्यौं भने उत्पाद वृद्धि गर्छौं । उत्पादन वृद्धि भएमा फेरि अन्न निर्यातको अवस्थामा पुग्नसक्छौं ।

यसतर्फ ध्यान दिएर काम गर्नु पर्ने अवस्था छ । यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति काम गरौं भनेको थोरै बजेट विनियोजन गरेको छ । तर बजेट अपुग छ । बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट नगन्नय हुनुको प्रमुख बाधक योजना आयोग हो । योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाउँछ । कृषि मन्त्रालयको सिलिङमा पनि कटौती गर्छ । योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन । काम गर्ने ठाउँमा गर्नुपर्छ । योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्था पुगियो । सरकारले यो वर्ष कृषि क्षेत्रमा जे जस्ता कार्यक्रमहरु ल्याएको छ ती कार्यक्रम सफल बनाउनको लागि अभियान सञ्चालन गरौं । यो वर्ष ढिलै भएपनि मनसुन शुरु भएको छ । दाबीका साथ भन्छु । अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बदमासी भएको छ । मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु । दाङका मेयरले मलाई भोट हाल्ने भन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेका छन् । किसान विरोधि अभियान चलाईएको छ ।’

उहाँले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरियो बताउनु भयो। उहाँले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको बताउनु भयो। उहाँले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभयो।