६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वर्षाका कारण मुलुकका अधिकांश राजमार्गमा अवरोध

वर्षाका कारण मुलुकका अधिकांश राजमार्गमा अवरोध
फाईल फोटो
अ+ अ-

काठमाडौँ । मुलुकका प्राय सबै जसो भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि अधिकांश भागमा वर्षा हुने बताएको छ ।

वर्षाका कारण देशका केही राजमार्गमा सवारी साधनमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार बिहान १०:३० बजेसम्मको अपडेट जारी गर्दै पाँचथरको फिदिम नगरपालिका–४ स्थित तमोर करिडोर सडक खण्ड तथा फिदिम–४ र हिलिहाङ गाउँपालिका–७ मा पर्ने मेची राजमार्ग सडक खण्डमा सवारी आवागमन अवरोध भएको जनाएको छ ।

त्यसैगरी वर्षाका कारण संखुवासभास्थित धर्मदेवी नगरपालिका–८ ठूलो अकरको भिर, लेगुवा खाँदखबारी सडकखण्डमा अवरोध उत्पन्न भएको छ ।

बागमती प्रदेशमा चितवनको इच्छामनकामना गाउँपालिका–५ तीन नं पुल, नारायणगढ मुग्लिङ सडकखण्ड पनि अवरोध भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–८ मन्थली, चरिकोट लामाबगर सडक खण्डमा पनि सवारी साधनको आवागमन हुन सकेको छैन ।

ललितपुर महानगरपालिका–३ भालुखोला र पाङ्दुर डोल कान्ति लोकपथमा पहिरो गई एकतर्फी सडक खुलेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशअन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ केराबारी, बेनी–मालढुङ्गा सडक खण्डमा वर्षाका कारण अवरोध उत्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको पाल्पास्थित तानसेन नगरपालिका–५ तिनलाँकुरी, पाल्पा–गुल्मी पक्की सडक खण्ड र अर्घाखाँचीको सितगंगा नगरपालिका–२ स्थित भुवनपाटा, गोरुसिंगे सन्धिखर्क सडक खण्डमा पनि सवारी साधन चल्न सकेका छैनन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा अछामको बान्निगढीजयगढ गाउँपालिका–४ कचरेटी खोला, मंगलसेन–साँफे सडक खण्ड र दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँज र माकिकार्जुन गाउँपालिका–४ नेर्छालेक, गोकुलेश्वर–दार्चुला हाइवे सडक खण्डमा पनि वर्षाका कारण सवारी साधनको आवागमनमा अवरोध उत्पन्न भएको छ ।

त्यस्तै बैतडीस्थित सुनर्या गाउँपालिका–८ आलुगैरा, जयपृथ्वी राजमार्गको खोडपे बझाङ सडक खण्डमा अवरोध भएको छ ।

प्रहरीले मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

लामो यात्रामा निस्क्नुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय अथवा प्रहरी कन्ट्रोल १०० र केन्द्रीय प्रहरी परिचालन कक्षका ९८५१२८३२७३, ४४११५४९ नम्बरहरूमार्फत जानकारी लिनहुन प्रहरीले अनुरोध गरेको छ ।