
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्नु भएको छ ।
पत्नी राधिका सहित असार १५ मनाउन चितवन पुग्नु भएका ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट धान रोप्ने क्रमको सुरुवात गर्नुभएको छ ।
भरतपुर महानगरपालिका वडा नं।२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ ।
फोटो- ओलीको सचिवालय