१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यू–१६ इस्टर्न जोन कप: मलेसियामाथि सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसिसी यू–१६ इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गरेको छ ।यससँगै समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ ।

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३०.४ ओभरमा अलआउट हुदै ९९ रनमा सिमित रह्यो । मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट हुँदा मलेसियाका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक तिवारीले ३ विकेट लिए भने सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । कृतिक कामतले एक विकेट लिए ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा अल आउट हुदै १ सय ८३ रन बनाएकोे थियो। नेपालका अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।

यस्तै नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन बनाउदा कामत १६ रनमा आउट भए । दीपु कुमारले १५ र निरज कुमार यादवले ८ रन बनाए भने प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट भए ।

बलिङतर्फ मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

नेपाल समूह ए बाट दुबै खेलमा जितका साथ समूह विजेता बनेको हो । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई हराएको थियो । अव नेपालले सेमिफाइनल खेलमा समूह बी को उप विजेता सिंगापुरसँग खेल्नेछ ।