२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यू–१६ इस्टर्न जोन कप: मलेसियामाथि सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसिसी यू–१६ इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गरेको छ ।यससँगै समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ ।

जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३०.४ ओभरमा अलआउट हुदै ९९ रनमा सिमित रह्यो । मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट हुँदा मलेसियाका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक तिवारीले ३ विकेट लिए भने सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । कृतिक कामतले एक विकेट लिए ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा अल आउट हुदै १ सय ८३ रन बनाएकोे थियो। नेपालका अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।

यस्तै नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन बनाउदा कामत १६ रनमा आउट भए । दीपु कुमारले १५ र निरज कुमार यादवले ८ रन बनाए भने प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट भए ।

बलिङतर्फ मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

नेपाल समूह ए बाट दुबै खेलमा जितका साथ समूह विजेता बनेको हो । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई हराएको थियो । अव नेपालले सेमिफाइनल खेलमा समूह बी को उप विजेता सिंगापुरसँग खेल्नेछ ।