१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर एक लाख नौ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी १० रुपैयाँले घटि प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।