२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा बाढीले ४ घर भत्कियो, ४० घर प्रभावित



अ+ अ-

मनाङ । मनाङको सदरमुकाम चामेमा बाढीले एक पक्की घरसहित ४ टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अविरल वर्षाका कारण आएको बाढीले एक घरमा आंशिक क्षति पुगेको र ४० घर प्रभावित भएको हो।

डुबानमा परेको र क्षति पुगेका घरबाट मानिस र सामानलाई सुरक्षित स्थानमा लगिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने अनुमान गरिएको छ ।

स्थानीय खोलामा आएको बाढीले सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको हो । ३८ घरमा बाढीले ल्याएको गेग्र्यान, बालुवा, ढुंगा तथा माटोसहितको लेदो पसेर बस्न नहुने अवस्था भएको प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो। 

उहाँका अनुसार जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिका–४ स्थित नयाँबजारको घट्टेखोलामा अचानक पानीको बहाव बढ्न गई सोही स्थानमा रहेको पक्की पुललाई काठ, ढुंगा र माटोले पुरी उक्त खोलाको पानी नयाँबजारतर्फ पसेको थियो ।