२३ असार २०८३, मंगलवार
,
Latest
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न आठ कम्पनी कालोसूचीमा



अ+ अ-

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न आठ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै एक वर्षदेखि एक वर्ष छ महिनासम्मका लागि ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, ११ किलो छेपेटार-भालुस्वारा-वारपाक सडक योजना, गोरखाको सिफारिसमा मुख्यव्यक्ति हरिनारायण प्रसाद रौनियार रहेको पप्पु कन्स्ट्रक्सन प्रालि वीरगञ्जलाई एक वर्ष छ महिनाका लागि कालोसूचीमा राखेको छ भने कञ्चनरुप नगरपालिका सप्तरीको सिफारिसमा मुख्य व्यक्ति सिताकुमारी यादव रहेको पीबी एन्ड एस इन्जिनियरिङलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

त्रिभुवन माध्यमिक विद्यालय दोलखाको सिफारिसमा मुख्य व्यक्ति अश्विन बोहोरा रहेको नौलो सफल बिहानी निर्माण सेवा प्रालि र मुख्यव्यक्ति आशीष थापा रहेको कालिका निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

कार्यालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, धनगढी खुटिया दीपालय चैनपुर उरैभञ्ज्याङ सडक योजना वीपी नगर डोटीको सिफारिसमा मुख्यव्यक्ति शिद्धबहादुर ओली रहेको त्रिशक्ति कन्स्ट्रक्सन प्रालि धनगढी कैलालीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

त्यसैगरी खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरको सिफारिसमा मुख्यव्यक्ति तेजकुमार कुरुम्वांग रहेको याक्थुम्हांग निर्माण सेवा प्रालि फिदिम पाँचथरलाई एक वर्ष र जलस्रोत तथा सिँचाइ विकास डिभिजन, भोजपुरको सिफारिसमा मुख्य व्यक्ति दीपेन्द्रबहादुर शाही रहेको सिद्धिमाई प्रकाश कन्स्ट्रक्सन प्रालि नयाँ बानेश्वर काठमाडौँलाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखेको छ ।

साथै कार्यालयले सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहटको सिफारिसमा मुख्यव्यक्ति हरिनारायण रौनियारबाट अख्तियार प्राप्त सुमित रौनियार रहे्को पप्पु कन्स्ट्रक्सन प्रालि पोखरीया पर्सालाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको छ ।




भर्खरै