६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोशी प्रदेश : सत्ता जोगाउन एमालेको आज अन्तिम कसरत

कोशी प्रदेश : सत्ता जोगाउन एमालेको आज अन्तिम कसरत
अ+ अ-

काठमाडौँ । विश्वासको मत लिने भन्दै बिहीबारका लागि बोलाइएको बैठकबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की बाहिरिएपछि  बैठक स्थगित भयो । फलस्वरुप विश्वासको मत लिने अवस्था भएन । आफूले विश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि बैठक छल्ने नियतले कार्की बाहिरिएका बाहिरिनुभएको थियो ।

त्यसअघि बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै आफू सर्वदलीय सरकार बनाउन समेत तयार भएको बताउनुभएको थियो । उहाँ आफूलाई विश्वासको मत नदिए अर्को सरकार बन्न सक्ने अवस्था नभएकाले मध्यावधिमा जान तयार हुन समेत भन्नुभएको थियो ।

विश्वासको मत लिने प्रस्ताव पेश भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादील विश्वासको मत नदिने स्पष्ट पारिसकेका थिए भने जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको थियो ।

उक्त छलफलपछि मुख्यमन्त्री कार्कीले जवाफ दिने र विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुपर्ने थियो । तर कार्कीले आफूले विश्वासको मत नपाउने अवस्था देखेपछि जवाफ  दिनका लागि समय चाहिएको भन्दै बैठकबाट बाहिरिएपछि फर्कनु भएन र बैठक आज शुक्रबारका लागि स्थगित भएको छ ।

बैठक आज ११ बजेका लागि बोलाइएको छ । र, कार्यसूची अनुसार बैठक प्रक्रिया अघि बढे विश्वासको मत पाउने वा नपाउने आज टुंगो लाग्नेछ । मुख्यमन्त्री कार्कीले हिजो नियतवश बैठक सार्नुको अर्थ रातभरमा सत्ता जोगाउने प्रयास नै हो । यद्यपि आजको बैठकमा बैठक सार्ने निर्णय कति प्रभावकारी बन्यो त्यो भने हेर्न बाँकी नै छ ।

नयाँ सरकार गठनका लागि पाँचदलीय गठबन्धनसँग पनि बहुमत छैन । हाल प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेशसभा सदस्य छन् । तर माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख भएकाले उनको नाम समेत समावेश गरेर सरकार गठनका लागि बहुमत मिल्ने वा नमिल्ने विवाद छ ।