५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन– योगेश भट्टराई



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि भएको पहिचानवादीहरुको आक्रमणको प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा पहिचानवादीहरुले कालो झण्डा देखाएका थिए ।

उनले कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केहि व्यक्तिले कालो झण्डा देखाएपनि जिविस हलमा सानदार रुपले कार्यक्रम सम्पन्न भएको बताए । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु पहिचानवादीहरुका लागि पनि लज्जाको बिषय रहेको उनको भनाई छ ।

उनले फेशबुकमा लेखेका छन्,  एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’