२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने मन्दिरका मूल पुजारी निलम्बित



अ+ अ-

रूपन्देही । महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको हो ।

सञ्चारमाध्यमहरुमा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको बैठकले उनलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले जानकारी दिए ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ ।

रिब्दीकोट गाउँपालिका-४ भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी योगीले दर्शनका लागि आउने महिलालाई टीका लगाउने र प्रसाद दिँदा दुर्व्यवहार गरेको गुनासोका आधारमा समितिले निलम्बन गरेको जनाएको छ ।