२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि कुटपिट गरेको आरोपमा कानुन व्यवसायी पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला अदालतमा एक जना महिला कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी पक्राउ परेका छन् ।

बुधबार जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गर्ने काठमाडौं–१४ का ३६ वर्षीय अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेलेविरूद्ध पीडित तामाङले अभद्र व्यवहार मुद्दामा जाहेरी दिएपछि उनलाई बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दिविक्रम शाहले जानकारी दिए।

मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। लामिछानेले मिसिल माग गरेका तर आफूले फोटोकपी दिने बताउँदा कुटपिट गरेको उनले बताइन्।

लामिछानेले गालीगलौज गर्दै मुक्का प्रहार गरेका उनले बताइन्। ‘ उहाँले मलाई मुक्काले नै हिर्काउनुभयो,’ उनले भनिन्,‘दुईटा दाँत हल्लिएको छ। मुखमा चोट लागेको छ। तान्दा कपडा च्यातिएको छ।’

उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।