१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध चालकहरुको प्रदर्शन



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएका चालकहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने लगायत माग राखेका छन् ।

उनीहरुले कलंकी/बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ । सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।