६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो
अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे ।

बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो । अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर । आकर्षक तलब पाउने आशमा युवती गाउँ रित्तै हुने गरी विदेश गए । बाबुआमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आशमा छोरीलाई विदेश पठाए ।

दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए । केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि । तर, मुग्लानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए । कोही नारकीय जीवन बिताउन बाध्य भए । कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे । यो क्रम धेरै वर्ष कायम रह्यो । चेली बेचिने नाममा बदनाम खेप्नुपर्यो इचोकवासीले ।

चेलीबेटी बेचबिखनको चौतर्फी हल्ला चलेपछि धैरैको ध्यान यस गाउँले तान्यो । चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए ।

धन कमाउन विदेश गएका कतियप ऊर्जाशील छोरीहरु ‘एचआइभी एड्स’ जस्तो प्राणघातक रोग बोकेर गाउँ फर्किए । उनीहरुप्रति गाउँमा छि:छि र दूरदूर हुनथाल्यो । आफू कोक्रोमा छँदै विवाहको टुङ्गो मामाको छोरीसँग भएका पाल्साङ लामा १५ वर्ष पुगेपछि बिहे गर्न खोज्दा मामाकी छोरी अर्कैसँग हिँडेपछि बिहेबाट वञ्चित हुनुभयो । पन्ध्र वर्षको उमेरमा बाबु बितेपछि उहाँ दुई भाइसहित दु:खजिलो गरी हुर्किनुभयो । अरु युवतीसित विवाह गर्न खोज्दा सम्भव भएन । पाल्साङ भन्नुहुन्छ, “गाउँका सबै युवती भारत गए, उमेर पुगेका पुरुषलाई बिहे गर्न हम्मे हम्मे भयोे ।”

चेलीबेटी बेचबिखनका लागि बदनाम भएको हेलम्बु गाउँपालिकाको ‘इचोक’ गाउँमा पुरुषलाई बिहा गर्न निकै समस्या भयो । फुपूचेली, मामाचेली बिहे गर्ने परम्परा भएको इचोकको लामा समुदाय छरिएर बसेका छन् । त्यही वरिपरि नै बिहेवारी गर्नु उनीहरुको परम्परा नै बन्यो । चेलीबेटी बेचबिखनले यहाँ बिहेवारी नै रोकिएको थियो ।

पाल्साङले जस्तै धेरैले यस्ता समस्या भोगे । आफ्नी मामाको छोरी ९मङ्गेतर० अर्कैसँग हिँडेपछि पाल्साङलाई ठूलो चोट पर्यो । गरिबीले पिल्सिनुभएका पाल्साङसँग अरुले बिहे गर्न मानेनन् । सिकर्मी काम गरेर जीविकोपार्जन गरिरहनुभएका पाल्साङको इमान्दारी देखेर छिमेकीले छोरी बिहा गरिदिए । “भारत जानेलाई कसरी रोक्ने भन्ने कुरा मेरो दिमागमा रातदिन आउन थाल्यो”, उहाँले भन्नुभयो ।

बृद्ध आमा र दुई भाइको लालनपालनको जिम्मा पनि जेठो भएका कारण पाल्साङकै काँधमा थियो । अझ गरिबीले पिल्सिएका बेला आमाले यी छोरा जन्माउनुको सट्टा छोरी जन्मिएका भए त भारत पठाउँथेँ नि भनेको सुन्दा पाल्साङलाई दिक्क लाग्थ्यो । दिनभरि काममा गए पनि राति त्यही कुराले उहाँको मन कुटुकुटु खाइरहन्थ्यो ।

करिब छ महिना आफ्ना साथीभाइसँग सल्लाह गरेपछि पाल्साङको अगुवाइमा इचोकका ११ युवा मिलेर समाज उत्थान युवा क्लब गठन भयो । “सुरुमा भारत जान रोक लगाउने भन्ने कुरा गर्नै भएन”, पाल्साङ भन्नुहुन्छ– “राति राति मात्रै बैठक राखेर काम अघि बढायौँ ।” २६ वर्षीय पाल्साङलाई सुरुका दिनमा क्लबका नाममा काम गर्न निकै गाह्रो पर्यो ।

“सुरुआतमा धेरैको हप्कीदप्की खायौँ । अहिले सबैले कुरा बुझे”, पाल्साङ भन्नुहुन्छ । गरिबीले पिल्सिएका पाल्साङले खाने बाटो बनाउन क्लब खोलेको भनी गाउँमा हल्ला चल्यो । यति हुँदा पनि उहाँ बिचलित हुनुभएन । “क्लब स्थापनायता कहिँकतैबाट पनि एक रुपैयाँ लिएको छैन”, उहाँले भन्नुभयो– “बरु ऋण काढेर क्लबका गतिविधि अघि बढाएको छु ।”

पाल्साङको अगुवाइपछि धेर थोर पढेका युवती बेचबिखनविरुद्ध आफैँ जुर्मुराएका छन् । आफ्ना समस्या समाधानका निम्ति उनीहरु सक्रिय बनेका छन् । जनचेतना जगाउन घरघर धाउन थालेका छन् । यसअघि चेली फकाउन दलाल यसरी नै घरघर धाउँथे । अभिभावक र देखासिकीमा भारत जान खोज्ने चेलीहरुलाई उनीहरुले सम्झाइ बुझाइ गर्न थालेका छन् ।

“चेली बेचिने गाउँ इचोकको परिचय अहिले बदलिएको छ । अहिले सबै सचेत छन् । छोरीचेली आफैँ सचेत भएका छन् । अभिभावक बढी जिम्मेवार बनेका छन्”, पासाङले भन्नभयो । अब उनीहरु रोजगारीका लागि भारत होइन, खाडीमुलुकतर्फ जान थालेका छन् । चेलीको चेतनाकै कारण अब दलालहरु गाउँ पस्न हिम्मत गर्दैनन् । यो परिवर्तनका लागि पाल्साङको अहम भूमिका छ ।

तथ्याङ्कअनुसार केही वर्ष अघिसम्म इचोकबाट वर्षेनी ५० भन्दा बढी चेली विदेश जाने गरेका थिए । विदेशिने सबै तामाङ जातिका थिए । उनीहरुको आकर्षकस्थल भारत नै थियो । त्यसयता इचोकबाट विदेशिने युवतीको सङ्ख्या घटेको छ । पछिल्लो एक वर्षमा २३ युवती रोजगारीका लागि भारत बाहेक अन्य मुलुक गएका छन् ।

इचोक चनौटेमा केही वर्षदेखि क्रियाशील चेलीबेटी बेचबिखन नियन्त्रण तथा परिवार नियोजन सङ्घका प्रमुख दीर्घराज उपाध्याय स्थानिय महिला सक्रिय बनेपछि विदेश जाने चेलीको सङ्ख्या घट्दै गएको छ । सिन्धुपाल्चोकका विभिन्न गाउँबाट दलालमार्फत बेचिएर फर्केका झण्डै दुई सय ५० महिलालाई समाजमा पुन:स्थापित गराएको उहाँ बताउनुहुन्छ । रासस