• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

समलिंगी विवाहले विकृति ल्याउँछ: कमल थापा



file photo

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिंगी विवाहले समाजमा विकृति ल्याउने बताउनुभएको छ ।

सर्वोच्च अदालतले बुधबार समलिंगी विवाह वैधानिकता दिएपछि उहाँले सर्वोच्चको पछिल्लो आदेशको आलोचना गर्दै समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने बताउनुभएको छ ।

समलिंगी विवाह दर्ता गर्न नेपालको कानून बाधक रहेको भन्दै ब्लु डायमण्ड सोसाइटीको तर्फबाट पिंकी गुरुङसहित ७ जनाले दिएको निवेदनमा बुधबार सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । साथै सर्वोच्चले यस सम्बन्धमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।

पूर्वगृहमन्त्री समेत रहनुभएका राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतको सो आदेशलाई लिएर सामाजिक सञ्जालमा लेख्नुभएको छ, “समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्वन्ध हो । समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ । सर्वोच्चले दिएको आदेश त्रुटिपूर्ण छ ।