१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै



अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मलकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएकोछ । यसका लागि बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारलाई समर्थन दिएको नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको संकट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने हुनुभएको हो ।

मुख्यमन्त्री कार्कीलाई एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् ।

राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन हुन्छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहनेछ । जसपा नेपालको एक मत छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा छ ।

हाल कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, माओवादी केन्द्र (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।