१७ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिद्वारा बकर इदको शुभकामना



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीको महान् पर्व इद-उल-अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत मुस्लिम समुदायले मनाउने यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु-अवसरका रुपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदान–प्रदान गर्न यो पर्वले उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

यस्ता पर्वहरुले विभिन्न जातजाति, सम्प्रदाय, वर्ग, समुदाय तथा समाजको मौलिक संस्कृति र रहनसहनलाई सम्वर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभएको छ ।

विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउन र नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन इद–उल अज्हा पर्वले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुतगतिले लम्कन सफल होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।-रासस