६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत
तस्बिरः नवीन पौडेल / रासस
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रश्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले आलुमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरु साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताउनु भयो। उहाँले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताउनु भयो । अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताउनु भयो । उहाँले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको बताउनु भयो। उहाँले कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताउनु भयो । उहाँले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताउनु भयो । उहाँले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताउनु भयो । उहाँले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो,‘मुलुक आलुमा आत्मनिर्भरता तर्फ अघि बन्दै गएको छ । प्याजमा पनि आत्मनिर्भर तर्फ जानैपर्छ । त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो। एकतिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं । प्रश्न उठेको छ । आन्तरिक उत्पादनमा पनि लाग्ने भयो नी ? सरकारको अहिले पनि उत्पादकहरु साना–साना छन् । व्यवसायीक रुपमा एउटैले उत्पादन गर्दैन । सप्लार्यस पनि साना–साना छन् । किसानहरु धादिङ,काभ्रे,नुवाकोटको उत्पादन काठमाडौंमा खपत हुन्छ । उनीहरु भ्याटको परिधि भित्र आउँदैनन् । कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह छ । उनीहरुले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको छ । उत्पादकहरुले सडकमा फालिरहेका छन् । त्यहाँ याक्सेसमा समस्या छ । उनीहरुको बलियो नेटवर्क छ । त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन । बाहिरबाट आएको सरसति प्रवेश गर्छ ।

मुलुकभित्र नै साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट लाग्दैन । विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जसले किन्छ । डिपार्टमेन्ट स्टोरमा किन्नेहरुले नेपाली उत्पादन किन्ने भने पनि भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ । साना–साना पसलहरुमा कुनै भ्याटको व्यवस्था छैन । भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोर बाहेक अन्य कुनैमा लाग्दैन । यो भ्याटले नेपाली उत्पादकहरुलाई हैसला दिन्छ । यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन ।’

अर्थमन्त्री महतले सुर्तिजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा ३ प्रतिशत कर थप गरेको बताउनु भयो। उहाँले सुर्तिजन्य वस्तु मुलुकभित्र प्रतिबन्द गर्ने भएपनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताउनु भयो। उहाँले सरकारलाई सुर्तिजन्य वस्तु प्रतिवन्ध गर्न समस्या नभएको बताउनु भयो। उहाँले नेपालको सुर्तिजन्य वस्तुमा एसिया मात्रै नभएर विश्वामा नै बढी रहेको जानकारी दिनुभयो। अर्थमन्त्री महतले ४० लाखको विद्युतीय बस चढ्ने गरिब भएकाले अमेरिकालाई जित्नेगरी धनी भएको टिप्पणी गर्नुभयो ।

उहाँले पाँच चारे होटलमा जाने ग्राहकहरुको लागि कर लगाउँदा पर्यटन क्षेत्रमा कर लगाइयो भन्नु गलत भएको बताउनु भयो। उहाँले १० लखा भन्दा बढी सुन खरिद गर्नेलाई थप पाँच प्रतिशत कर लगाएको बताउनु भयो। उहाँले नेपालमा मूल्य अभिवृद्धि कर लागू भएसँगै राजश्वको दायरा बढेको बताउनु भयो। उहाँले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले मुलुकको अर्थतन्त्र चलायमान हुने बताउनु भयो। उहाँले भ्याटले करको कुरा मात्रै नगरेको पनि बताउनु भयो ।