२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन: एमाले सांसद गैरे



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरुनै विश्वसनीय नभएको दावी गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनु भएको हो ।

सांसद गैरेले खर्चको अनुमान र स्रोतहरुनै तथ्यपरक नभएकाले सो बजेटले लिएका कुनै पनि लक्ष्य पूरा हुन नसक्ने जिकीर गर्नु भयो । बजेटले महंगी बढने, कालाबजारी बढने उहाँको भनाई थियो । सांसद गैरेले भन्नु भयो, ‘यो सरकारले गरेका खर्चका अनुमानहरुनै तथ्यपरक छैनन् । प्राप्त गर्ने स्रोतहरु पनि विश्वसनीय छैनन् । अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वभाविक रुपले गलत हुनेछ भन्ने मलाइ लाग्छ । त्यसकारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिदैन । र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ । त्यो प्राप्त हुने देखिदैन भन्ने कुरा म राख्न चाहन्छु । ’

सांसद गैरेले बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य प्राप्त नहुने बताउनु भयो ।