२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणः पक्राउ परेकाहरुलाई सात दिन थुनामा राख्न अनुमति



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन थुनामा राख्न अनुमति दिएको छ । पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र व्यवसायी मीनबहादुर गुरुङलगायतलाई प्रहरीले जिल्ला अदालत काठमाडौँले सात दिनको म्याद थपेको हो ।

मंगलबार उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिरासतमा राख्ने अनुमति लिन अदालतमा पेश गरेको थियो । सोही अनुसार अदालतले सात दिनको म्याद थपेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सीआईबीको हिरासतमा छन् ।

यसमा संलग्न अरुमाथि निगरानी रहेको सीआईबीले जनाएको छ । २०४७ पछिको चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ । मुलुकी ऐन २०२० अनुसार सरकारी कागजात कीर्तेमा हदम्यादको व्यवस्था नभएको भन्दै सीआईबीले कीर्ते मुद्दामा ललिता निवास प्रकरणको फाइल खोलेको हो ।