५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको हो ।

अन्य सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीले पनि ह्वीप जारी गरेर बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् भने लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि आ–आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेका छन् ।