• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शिर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने निर्णय विनियोजन शिर्षकमा समावेश नगरी संसद बैठक अघि बढन नदिने अडान लिएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर अवरोध गरेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि अर्थमन्त्रीको सो प्रतिवद्धता समावेश गरेर मात्रै बजेट पास गर्नुपर्ने अडान लिनु भएको थियो ।

यता, सत्तारुढ काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने त्यसमा आफ्नो पार्टीको पनि सहमती रहेको उल्लेख गर्दै मन्त्री महतलाई जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिवद्धताका जनाउन लगाएर संसदलाई सुचारु गराउन उपयुक्त हुने सुझाव सभामुख देवराज घिमिरेलाई दिनु भएको थियो ।

तस्बिर : नवीन पौडेल/रासस