२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान क्रिकेट बोर्डले भन्यो – विश्वकपका लागि भारत जान सरकारबाट अनुमति आएको छैन



अ+ अ-

एजेन्सी । भारतमा अक्टोबर–नोभेम्बरमा हुने एकदिवसीय विश्वकपको खेल तालिका मंगलबार सार्वजनिक भएको छ । यसैबीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले विश्वकपमा सहभागी हुने बारे एक विज्ञप्ति जारी गरेको छ ।

पीसीबीले विश्वकपमा सहभागिताका लागि पाकिस्तान सरकारबाट अहिलेसम्म अनुमति नपाएको जनाएको छ ।

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले पीसीबीको भनाइको जवाफ दिएको छ । आईसीसीले पीसीबीसँग विश्वकपमा सहभागी हुन सम्झौता गरेको जनाएको छ । ‘हामी विश्वस्त छौं कि उनको टोली यसबाट पछि हट्नेछैन ।’ आईसीसी भन्छ । विश्वकपमा पाकिस्तानले नकआउट राउण्डअघि ९ खेल खेल्नेछ । प्रतियोगिताको सबैभन्दा चर्चित खेल अर्थात् भारत–पाकिस्तान खेल १५ अक्टोबरमा हुने भएको छ ।

भारतको कुनै पनि भ्रमणका लागि पीसीबीले पाकिस्तान सरकारको स्वीकृति लिनुपर्छ । भारतमा खेल्ने ठाउँहरूको लागि अनुमति लिनुपर्छ । जहाँसम्म विश्वकपको सवाल छ, पीसीबीले अनुमति पाउन बाँकी छ । पीसीबीले सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । सरकारबाट कुनै निर्देशन प्राप्त हुने बित्तिकै पीसीबीले यसबारे आईसीसीलाई जानकारी गराउने जनाएको छ ।