२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघका उपमहासचिव र प्रहरी महानिरीक्षकबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पीय ल्याक्ख्वा र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेट भएको छ ।

भेटका अवसरमा उपमहासचिव ल्याक्ख्वाले संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मानव अधिकारको संरक्षण एवं प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिबद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताउनुभयो ।

भेटका अवसरमा उहाँहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।

भेटमा संयुक्त राष्ट्रसंघका नेपालस्थित आवसीय प्रतिनिधि हान्ना सिंगर–हाम्दी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतलगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।