२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय युवाको सक्रियतामा बारपाकमा स्वास्थ्य शिविर सञ्चालनमा



अ+ अ-

गोरखा । वि.सं. २०७२ बैशाख १२ गते गएको भूकम्पले थलिएको गोरखाको बारपाकमा कोरोना भाइरसका कारण ठूलो मानवीय क्षति हुन पुगेको छ । करिब १३ सय घरधुरि भएको बारपाकमा गत साता देखि अधिकांश मानिस बिरामी भई २ हप्ताको अन्तरालमा करिब १२ जनाले ज्यान गुमाउन पुगे । 

यसरी गाउँ नै त्रसित बनेको अवस्थामा गाउँपालिका र प्रदेश सरकारको समन्वयमा प्रदेश भौतिक मन्त्री रामशरण बस्नेतको अग्रसरतामा  स्वास्थ्य शिविर सञ्चालन भएपछि बारपाकमा थप राहत मिलेको छ । 

प्रादेशिक स्वास्थ्य निर्देशनालय का निर्देशक डा बिनोद बिन्दु शर्मा को नेतृत्वमा विज्ञ डाक्टरसहितको टोलि पोखराबाट गर्इ ३ दिन सोही स्थानमा रही स्थानीय युवा तथा नेकपा एमाले बारपाक का सक्रिय नेता खेमराज घले (डिभान)को संयोजकत्वमा स्थानिय स्वयमसेवक परिचालित गरि मनोचिकित्सकको समेत सल्लाह र परामर्स सहित स्वास्थ्य  शिविर सञ्चालनमा ल्याइएको हो ।     

प्रतिकुल मौसमबिच जेठ १४ गते गएको उक्त टोलिले पहिलो दिन ७२२ एण्टिजेन परीक्षण गर्दा ६१ कोरोना सङ्क्रमण पाइएको थियो भने हिजो १५ र १६ गते गरिएको २४२ परीक्षक्षणमा २४ सङ्क्रमित गरि ८४ जनामा कोरोना पोजेटिभ पाइएको  स्वास्थ्य टोलिका सदस्य नानिबाबु दानीले बताए । उक्त बारपाक मा हिजो र आज गरि ३९२ पिसिआर नमुना सङ्कलन गरि लगिएको र छिट्टै त्यसको रिपोर्ट उपलब्ध गराउने पनि दानिले बताए। 

स्थानिय युवा खेमराज घलेका अनुसार करिब २ हप्ता अगाडि धेरैजसो मानिस बिरामी परेको र उनीहरुमा ज्वरो आउने, खोकि लाग्ने र ज्यान दुख्ने समस्याबाट ग्रसित भएकोले बारपाकमा कोरोना संक्रमण महामारिकै रुपमा फैलिएपछि हाल गाउँ मा अत्यन्त कडाइ गरिएको छ । 

यसका साथै स्थानिय प्रशासन युवाको स्वयमसेवक टोलिले सचेतना मुलक सन्देश प्रवाह गरि घरबाट ननिस्कने र निस्कन परेपनि स्वास्थ्य मापदण्ड अपनाइ अनिवार्य मास्क लगाइ निस्कन सहयोग गरिरहेको पनि दानीले बताए। 

यस्तै स्वास्थ्य टोलिको जाँचबाट गम्भीर बिरामी भएकी स्थानिय २५ वर्षीय युवति केसुदा घलेको प्रदेश सरकारको सहयोगमा हेलिकप्टरबाट उद्दार गरि हाल ललितपुरको मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । एन्टिजेन परिक्षण र अस्पतालमा गरिएको परिक्षण मा कोरोना सङ्क्रमण नदेखिए पनि उनको अबस्था अत्यन्त नाजुक भएको उनका ससुरा धनिराम घलेले बताए ।

हाल उनको पिसाब सम्बधि र अन्य सबै खालको समस्या आएकोले उनको सघन उपचार कक्ष भेण्टिलेटरमा राखि उपचार भइ रहेको पनि घलेले बताए ।