• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने



फाईल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटको पक्षमा मत दिने भएको छ।

सांसद मेटमणि चौधरीका अनुसार बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतलेबजेट असन्तुलित भएको भन्दै विरोध जनाउँदै आउनुभएको थियो ।

बजेट पारित गर्ने विषयमा अहिले जनता समाजवादी पार्टी ९जसपा० को पनि संसदीय दलको बैठक बस्दैछ ।

अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बसिरहेको छ। कार्यसूचीअनुसार आजै बजेट पारित गरिने छ ।