• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाईल्यान्डले १२ ओभरमा आठ विकेट गुमायो



काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपअन्तर्गत अहिले नेपाल र थाईल्यान्ड भिड्दैछन् । नेपालले जितको लागि दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाईल्यान्डले १२.३ ओभर खेल्दा ८ विकेट गुमाएर ४४ रन बनाएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए। उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए । नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुर्यांशुले ५५ बलमा ३ चौकासहित ४० रन बनाए भने नरेन भट्ट ५५ रनमा नटआउट रहे ।

यस्तै, सन्तोष यादव ४२ रनमा आउट हुँदा आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रन बनाए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । यस्तै, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिँदा जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए ।