१ आश्विन २०८३, बिहीबार
,
Latest
भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधारिएको नेपाली फुटबल



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित ग¥यो । नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन् । कुवेतका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीले भोगेको पराजयको जिम्मा लिएका छन्  । विश्वकप र एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपालले त्यस अघिको मैत्रिपूर्ण खेलमा प्राप्त नतिजाले हौसला मिलेको छ ।

फिफा वरियतामा निकै माथि रहेको प्रतिद्वन्द्वी इराकसँग नेपालले मैत्रिपूर्ण खेल्यो । नतिजा सुखद् हुन सकेन । तर टोलीले अन्तर्राष्ट्रिय भ्रमणमा भोग्ने गरेको गोलको खडेरीको पारो भने घटेको छ । ६–२ ले नेपाल पराजित भए पनि पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएका युवा खेलाडी मनिष डाँगीले नेपालका लागि पहिलो गोल गरे । यससँगै डाँगी डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत भएका छन् । यस अघि हरि खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए । वाइबी घलेले एसियाली खेलकुदमा कुवेत विरुद्ध सन् १९८२ मा र हरि खड्काले १९९५ को सार्क गोल्डकपमा पाकिस्तान विरुद्ध गोल गरेका थिए । डेब्यु खेलमा देशका लागि गोल गरेका मनिष डाँगीले गोल गर्दा खुसी भए पनि नतिजा गुमाउनु पर्दा दुःखी भएको प्रतिक्रिया दिए ।

युवा खेलाडी सहित मैदान उत्रिएको नेपालले सुरुवातबाट नै घरेलु टोलीको अट्याकको सामना गर्नु परेको थियो । आधा मैदानमा जस्तो खेल भएको प्रतिस्पर्धामा नेपाली टोली रक्षा गर्नमा समय व्यतित भएको थियो । मुख्य प्रशिक्षक अलमुताइरीको पहिलो परिक्षामा रुपमा हेएिको खेलमा टोलीले प्राप्त गरेको नजिताको जिम्मा उनै प्रशिक्षकले लिएको घोषणा गरेका छन् ।

केही अवसर पाउँदा अगाडि बढाउने क्रममा नेपालले गोल अन्तर छोट्याएको थियो । सुरुवातमा नै पछि परेको नेपालले लगत्तै गोल फर्काएर पाँच मिनेटको अन्तरालमा अग्रता लिन सफल भएको थियो । तर सम्हालिन नसक्दा गोल खाँदै नतिजा सुम्पिन बाध्य बन्यो । नेपाली टोली कप्तान गोलकिपर किरण चेम्जोङ एसियाली पावर हाउसको रुपमा गनिने इराकका निरन्तरका प्रयासलाई विफल पार्नमै व्यस्त भए । फुटबलका जानकार  तथा सहिद स्मार ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले इराकजस्तो देशलाई पहिलो हाफको केही मिनेट अगाडि सम्म अग्रता दिएर दबाबमा राख्नु नेपाली टोलीको उपलब्धि भएको बताए ।

शनिबार मैत्रिपूर्ण खेल खेलेको नेपाल उतैबाट कुवेत विश्वकप र एसियन कप छनोट खेल्न प्रस्थान गरेको छ । कुवेत बसाईमा विश्वकप छनोटको बाँकी खेल अन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । दोस्रो खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह बी अन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा ३ अंक रहेको छ । चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेइ तालिकाको अन्तिम स्थानमा अंक विहिन छ ।